
काठमाडौं: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भौतिक उपस्थितिमा पठनपाठन नगराउन आग्रह गर्दै सो अवधिमा विद्यार्थिको सिकाइमा सहजीकरण गर्न शैक्षिक संस्थालाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले सोमबार सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।
‘विदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनहन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्णरूपमा पालना हनेगरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्नेगरी प्रबन्ध गर्नसमेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको व्यहोरा अनुरोध छ,’ सूचनामा भनिएको छ।
देशभरिका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हनेगरी यही २०७८ पुस २७ गतेदेखि २०७० माघ १५ सम्म विदा दिने निर्णय गरेको हो। सो अवधिमा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत् खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोपलगाउने कार्यमा आफ्ना बालबालिकाहरूलाई पठाइदिन हुन सबै अभिभावकहरूमा अनुरोध गरेको छ।