RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२७ गते
३५१ पटक

काठमाडाैं । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि काेभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएकाे हाे ।

सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरिसकेकाे छ । यही अवधिमा १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई खाेप लगाउने सरकारी लक्ष्य छ । जसअनुसार पहिलाे चरणमा उपत्यकाका विद्यालयमा खाेप अभियान सुरु हुन लागेकाे हाे ।

बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्