RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२७ गते
२७० पटक

काठमाडौं । कोभिड संक्रमणको परिस्थितीलाई ख्याल गर्दै आज मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।

आज बसेको काठमाडौं उपत्यकाका तीन सीडीओहरुको बैठकले मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म यस्तो निर्णय गरेका हुन् । सभा सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।

माघ १५ गतेसम्म भौतिक उपस्थितीमा पठनपाठनमा रोक लगाउने निर्णय समेत प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।पूर्वनिर्धारित सेमेन्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ परीक्षा संचालन गर्ने निर्णय पनि भएको छ ।

कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्