RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/२८ गते
३१५ पटक

काठमाडौँ — कुल जनसंख्याको ५०.२ प्रतिशतले कोभिडविरुद्धको पहिलो डोज लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म पूर्ण डोज लगाउने ३७.३ प्रतिशत छन् । लक्षित जनसंख्याको ७६.५ प्रतिशतले एक डोज र ५६.९ प्रतिशतले पूर्ण डोज पाएका छन् । मंगलबार १ लाख ८० हजार ४५७ जनाले खोप लगाएका छन् ।

पुस १२ मा एकै दिन ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएका थिए । त्यसपछि सरकारले दैनिक पाँच लाखलाई खोप लगाउने लक्ष्य सार्वजनिक गरे पनि त्यसयता पूरा भएको छैन । तथ्यांकअनुसार दैनिक खोप बढीमा ३ लाखदेखि कममा ४५ हजारले लगाइरहेका छन् ।

पुस २६ मा २ लाख १० हजार ५९४, २५ गते ४५ हजार ४९३, २४ गते २ लाख ४३ हजार ४६०, २३ गते २ लाख ६३ हजार ३७१, २२ गते ३ लाख १६ हजार ७७४ र २१ गते २ लाख ४६ हजार ३८५ ले खोप लगाएका थिए । पुस १२ गते एकैदिन सबैभन्दा धेरै ५ लाख ६८ हजार ३१९ ले खोप लगाएपछि सरकारले दैनिक पाँच लाखलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो ।

पुस मसान्तसम्म कुल जनसंख्याको ६६ प्रतिशत र चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप दिने सरकारको लक्ष्य छ । नेपालमा १४ माघ २०७७ बाट खोप अभियान सुरु गरिएको थियो । हालसम्म अनुदान र खरिद गरी ३ करोड ९२ लाख ३ हजार ९ सय २७ डोज खोप आइसकेको छ । सरकारले हाल १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई पनि खोप दिइरहेको छ ।

www.ekantipur.com

प्रतिकृया दिनुहोस्