RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/१ गते
३८९ पटक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना भाइरको संक्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सरकारसँग छलफल गर्ने भएको छ।

नेकपा एमालेका नेता योगेश भट्टराईले माघ १ गते बिहान १० बजे पार्टीको केन्द्रीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएका छन्। उनले भेटका क्रममा प्रधानमन्त्री देउवालाई कोरोना नियन्त्रणका बारेमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको पनि जानकारी दिएका छन्।

एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर कोरोना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने भएको हो।

प्रतिकृया दिनुहोस्