RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/३ गते
८५९ पटक

काठमाडौं : नेकपा एमालेले पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सोमबार आन्तरिक सर्कुलर जारी गर्दै कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको हो।

साथै, सबै कमिटी, नेता-कार्यकर्ता र जनप्रतिनिधिहरुलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन दिएको छ। यसअघि एमालले कोभिड संक्रमण रोकथामका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको थियो।

प्रतिकृया दिनुहोस्