RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/४ गते
१०६७ पटक

२०७७ साल चैत्र २४ गते जाजरकोट जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा प्रेमप्रसाद देवकोटा आएँ । कर्णालीको जुम्लामा जन्मिएका देवकोटा सानै देखि लगनशिल, मिहिनेती र जेहेन्दार थिए । जाजरकोटमा पहिलो अभ्यास संयूक्त सार्वजनिक सुनुवाई, अस्थायी प्रहरी पोस्ट स्थापना, गर्भवती तथा सुत्केरीको उद्धार लगायतका थुप्रै काम गरिरहेका छन् ।

अझ जिल्लामा शुसासन कायम गर्न समेत देवकोटाले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका छन् । वैदेशिक रोजगारीमा जानेहरुका लागि सुरक्षित आप्रवास सम्बन्धी सचेतिकरणका लागि परामर्श केन्द्र समेत सञ्चालनमा ल्याएका छन् ।

सेवा प्रवाहमा सधैं खटिने देवकोटा, जनताको सेवामा अग्र पंक्तिमा देखिन्छन् । आज हामीले तिनै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको बाल्यकाल, निजामति सेवा प्रवेश र जाजरकोटमा आएदेखि भए गरेका महत्वपूर्ण कामहरुका विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ कुराकानीको बाँकी अंश :

प्रजिअ देवकोटाको बाल्यकाल र निजामती क्षेत्र प्रवेश
बुवा शंकर र आमा धर्मा देवकोटाका पहिलो सन्तान हुन् प्रेमप्रसाद देवकोटा । २०३८ साल भदौ १६ गते जुम्लाको गुठीचौर गाउँपालिका–५ मा उनको जन्म भएको हो । मध्यम परिवारमा हुर्किएका उनले घाँस दाउरा, गाईगोठालो र मेलापात गर्दै बाल्यकाल विताए ।

‘कृषकको छोराछोरीका लागि घाँस दाउरा र गाईगोठालो दैनिकी नै हो’ उनी भन्छन्, ‘मलाइ पनि एसएलसी दिँदासम्म मेलापात छुटेन ।’ मेलापातमा परिवारलाई सघाए पनि आर्थिक भार भने खेप्नु परेन । ‘बुवाको सरकारी जागिर थियो, आर्थिक रुपमा दुःख त भएन । तर जेठो छोरा भएका कारण मेलापात त गर्नेपथ्र्याे’ उनी भन्छन्, ‘दिनभरी स्कुल गए पनि साँझ र विहान घरमा सघाउँथे ।’

खुब मनपर्ने फुटबल
प्रेमले २०४४ सालबाट कखरा चिन्न थालेका हुन् । गाउँकै कालीका प्राथमिक विद्यालयमा औपचारिक पढाइ सुरु गरेका थिए । त्यही स्कुलबाट मेलापात गर्दै कक्षा ५ सम्म अध्ययन पुरा गरे । कक्षा ६ र ७ त्रिभुवन निम्न माध्यमिक विद्यालयमा पढे । कक्षा ८ देखि एसएलसीसम्म पढाइ चन्दननाथ माध्यमिक विद्यालय पुरा गरे ।

कक्षा ८ सम्म उनी विद्यालयमा सधै प्रथम हुन्थे । त्यसपछिको पढाइमा भने स्तरमा झ¥यो । २०५४ सालमा एसएलसी पास गरेपछि जुम्ला बहुमुखी क्याम्पसबाट उच्च शिक्षा पढ्न थाले । जुम्लाबाटै इन्टर र स्नातक तह पुरा गरे । उनले त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातकोत्तर तह पुरा गरेका छन् ।

माध्यमिक तहमा हुँदा हाजिरीजवाफ र फुटबल प्रतियोगितामा उनी खुब रुचि राख्थे । ‘स्कुल पढ्दा धेरै पटक हाजिरीजवाफमा मेरो टिम प्रथम भएको थियो’ उनी भन्छन्, ‘फुटबल त पाएपछि अहिले पनि खेल्छु ।’ फुटबल खेलप्रतिको मोह अहिले पनि छोडेका छैनन् ।

अनि बुवाकै बाटो समाए
प्रेमका बुवा पूर्व निजामति कर्मचारी हुन् । स्वास्थ्य क्षेत्रमा रहेर उनले लामो समय राष्ट्रको सेवा गरको छन् । निजामति कर्मचारीप्रति नागरिकको विश्वास र स्थायित्व बुझेपछि प्रेमले पनि बुवाकै बाटो रोजे । ‘बुवा स्वास्थ्यको कर्मचारी हुनुहुन्थ्यो, यो क्षेत्रमा आउनु उहाँकै योगदान हो’ उनी भन्छन्, ‘पहिले बुवाकै कारण यो क्षेत्रमा आएँ, पछि क्षेत्रमा आफ्नो भविष्य खोजेँ ।’

निजामति क्षेत्रमा आउनुको अर्काे कारण जुम्लामा रहेको लोकसेवा आयोगको कार्यालय हो । ‘टाढा–टाढाबाट जागिर खान जुम्ला आउँथे, आफ्नै ठाउँमा कार्यालय हुँदा मैले किन जागिर नखाने भनेर सोचें’ उनी भन्छन्, ‘निष्पक्ष रुपमा हुने परीक्षा हुन्छ र स्थायी रोजगारी हुने निजामित क्षेत्र मेरो रोजाइमा परेको हो ।

’ क्याम्पस पढ्दै गर्दा आयोगको तयारी गरे । स्नातक तह दोस्रो बर्षमा अध्ययन गर्दागर्दै निजामति क्षेत्रमा आए । ‘क्याम्पसमा पढाइ भएका कारण आयोगको तयारी गर्न काठमाडौँ जान सक्ने अवस्था थिएन’ उनले भने, ‘जुम्लामै खरिदारको किताव किनेर पढेँे, स्वअध्यन गरेर परीक्षा पास गरेँ ।’

खरिदारमा नाम निस्कियो
२०६१ सालसालबाट खरिदार पदबाट उनी निजामति क्षेत्रमा प्रवेश गरेका हुन् । मालपोत कार्यालय डोल्पाबाट निजामित क्षेत्रमा क्रियाशील भए । २०६६ सालमा सहलेखापाल भए । करिव ६ महिनापछि नावय सुब्बा भए ।

२०६८ मा अधिकृत भएका उनी २०७३ सालदेखि उप–सचिव पदमा कार्यरत छन् । यो अवधिसम्म सुर्खेत, डोल्पा, जुम्ला, रौतहट, काठमाडौँ, बाँके, दिपायल, बुटवल लगायतका जिल्लामा पुगेर सेवा गरिसकेका छन् । स्थानीय तह, लोकसेवा आयोग, मालपोत, काठमाडौँको सार्वजनिक खरिद कार्यालय हुँदै हाल गृहमन्त्रालय मातहतको प्रमुख जिल्ला अधिकारीका रुपमा जाजरकोटमा कार्यरत छन् ।

३) तपाई जाजरकोट आएदेखि भएका महत्वपूर्ण कामहरु केके हुन् ?
म जाजरकोटमा प्रमुख जिल्ला अधिकारीको रुपमा २०७७ चैत्र २४ गते हाजिर भएको हुँ । आएदेखि थुप्रै कामहरु गरेको छु । यहाँ सबै उल्लेख गर्न समयको अभावमा असमर्थ छु । तथापि मुख्य मुख्य कामलाई यहाँ उल्लेख गर्न चाहन्छु ।

कोभिड १९ को दोस्रो लहरमा जाजरकोट जिल्लामा सबै पक्ष बिच समन्वय गरेको, दरबार क्षेत्रमा बगैचा निर्माण तथा सुरक्षित आप्रवासनको हेल्प डेस्क सञ्चालन, विद्युत, टेलिफोन खानेपानी लगायतका सार्बजनिक सेवालाइ गुणस्तर बनाउन पहल गरेको,

निर्माण व्यवसायीलाई बारम्वार झक्झक्याउँदै विकास निर्माणका काममा सहजिकरण गरेको, सेवाग्राहीको हितलाई मध्यनजर गर्दै साँझ पख सम्म सेवा प्रवाह गरेको, सबै पालिकामा आफै पुगी गुनासो व्यवस्थापन गरेको, सवारी दुर्घटनामा परि घाइतेहरुको तत्काल उद्धार गर्न हेलिकप्टरको व्यवस्थापन गरेको, अत्यावश्यक स्थानमा प्रहरी पोस्ट स्थापना,

अन्य स्थानमा पहल गरीरहेको, गर्भवती महिलालाई तत्काल हवाई उद्धार गरी १५ जना भन्दा बढी गर्भवती उद्दार, बारेकोट गाउँपालिकामा २०७६ सालमा बाढी पहिरोबाट पुर्ण विस्थापित भएका ७३ घरधुरीको घर निर्माण कार्य सञ्चालन गरेको, लगायतका अन्य थुप्रै कामहरु गरेको छु । गृह मन्त्रालयले गरेको मुल्यांकनमा जाजरकोट जिल्लालाई उत्कृष्ठ राख्न सफल भएका छौं ।

४) जाजरकोटमा शुसासन कायम गर्न प्रशासनले कस्तो भुमिका खेलिरहेको छ ?
जाजरकोटमा सुशासन कायम राख्न कार्यालय प्रमुखको नियमित बैठक, सूचना अधिकारीको नियमित बैठक, जिल्लामा सम्पुर्ण कार्यालयहरु, सरोकारवालाहरुको विचमा संयूक्त सार्बजनिक सुनुवाई, नियमित रूपमा कार्यालयहरुको अनुगमन, गुनासाहरुको तत्काल सम्बोधन गर्ने गरेको छु ।

५) बजार अनुगमनका विषयमा पटकपटक कुरा उठ्छ तर नियमित बजार अनुगमन हुदैन किन ?
बजार अनुगमनलाई कार्यालयको प्रमुख जिम्मेवारीको रुपमा लिएर सहायक प्र. जि.अ को संयोजगत्वमा सरोकारवाला समावेश गरी नियमित बजार अनुगमन गरी अनियमिता भएकोमा कारवाही गरेको छु ।

६) कोरोना महामारीको तेस्रो भेरियन्टलाई लिएर जिल्लामा कस्तो खालको रणनीति बनाउनुभएको छ ?
सर्वपक्षीय बैठक राखेर निर्णय गरेको छु । साथै रणनैतिक योजना बनाएर कार्यान्वयनमा गएको छु ।

७) जिल्लाका अधिकांश विकास निर्माणका कामहरु अलपत्र छन्, अख्तियारको तपाई सदस्य भएको नाताले केही छानविन् हुदैन् ?
पक्कै पनि छानबिन भएका छन् । अनियमिता भएका कामहरुलाई सम्बन्धीत निकायमा सिफारिस गरेको छु ।

८) अहिले पनि जिल्लाका अधिकांश ठाउँमा फोनले काम गर्देन्, समस्या समाधानका लागि कस्तो पहल भईरहेको छ ?
टेलिफोनको क्षमता अभिवृद्धि हुने काम भईरहेको छ ।

९) अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा, जाजरकोट जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिकामा बसिरहँदा सबै राजनीतिक दल, स्थानीय तह, सुरक्षा निकाय एवं सबै कार्यालयका कार्यलय प्रमुख, सबै कर्मचारी, मेरो कार्यालयका कर्मचारी नागरिक समाज, सञ्चारकर्मी लगायत सबैको सहयोग र सद्भाव मिलेको छ ।
आगामी दिनहरुमा पनि सोही अपेक्षा गर्दछु । हाल कोभिड १९ को तेस्रो भेरियन्टको प्रभाव जाजरकोटमा पनि पर्न सक्ने हुदाँ सम्बन्धीत सबैलाई यसको रोकथाम र न्यूनीकरणमा लाग्न हार्दिक अपिल गर्दछु ।

हाम्रो पहुँच डटकम  बाट साभार 

प्रतिकृया दिनुहोस्