RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/१४ गते
५२५ पटक

प्रमुख सत्तारूढ दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । कोरोनाको तेस्रो लहर चलिरहेकाले भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

पौडेलले बिहीबार एक विज्ञप्ति जारी गरी शुक्रबार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको जनाएका छन् । बैठकमा हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनको समीक्षा, स्थानीय तहको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री किशोरसिंह राठौरले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्