RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/१४ गते
६२९ पटक

१४ माघ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु कुहिरो लागेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ भने, प्रदेश नं १ तथा वाग्मती प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जदनाएको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्