RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/११/२२ गते
४५७ पटक

काठमाडौँ । प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेको छ । चौतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन गरेको हो ।

प्रदेश १ मा अविजाल विष्टको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ भने मधेस प्रदेशमा फणी महत अध्यक्ष चयन भएका छन् ।

बागमतीमा शरद सापकोटा, गण्डकीमा इन्द्र पौडेल, लुम्बिनीमा शोभाखर पन्थी, कर्णालीमा प्रकाश अधिकारी र
सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन भएका छन् ।

उपत्यका प्रदेशमा विष्णु आचार्यको नेतृत्वमा कमिटी चयन भएको छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र
एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा आएका छन् ।

प्रतिकृया दिनुहोस्