RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/११/२२ गते
१३७८ पटक

२२ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन भएको छ ।

संसदको आइतबार बसेको बैठकले ११ सदस्यीय समिति बनाएको हो । समितिमा सबैभन्दा ठूलो दल एमालेबाट चारजना सदस्य छन् भने कांग्रेसबाट दुईजना, माओवादीबाट दुईजना, नेकपा एसबाट एकजना, जसपाबाट एकजना र लोसपाबाट एकजना रहेका छन् ।

महाअभियोग सिफारिस समिति
एमाले
१। विष्णु पौडेल
२।लालबाबु पण्डित
३। शिबमाया तुम्बाहाम्फे
४। कृष्ण भक्त पोखरेल
कांग्रेस
५। मिन बहादुर विक
६। रामबहादुर विष्ट
माओवादी
७। यसोदा सुवेदी
८। रेखा शर्मा
नेकपा एस
९। कल्याणी खड्का
लोसपा
१०। एकवाल मियाँ
जसपा
११। प्रमोद साह

प्रतिकृया दिनुहोस्