RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/११/२६ गते
५६६ पटक

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय अब रातभर सञ्चालन गर्न दिने निर्णय गरेको छ। गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने निर्णय गरेको हो।

गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाइने भएको छ। यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो।

प्रतिकृया दिनुहोस्