RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१२/११ गते
५२८ पटक

एजेन्सी

आइफोन १४ प्रोको क्यामेरामा ठूलो बम्प हुने भएको छ। म्याकवर्ल्डका अनुसार आइफोन १४ प्रोसँगै १४ प्रो म्याक्सको क्यामेरा बम्प पनि ठूलो हुनेछ।

एप्पलले पहिलेको तुलनामा आफ्नो उत्पादनको क्यामेरामा ठूलो क्यामेरा बम्प राख्नुको कारण पनि खुलाएको छ। उक्त बम्प पछाडि ४.१७ एमएम फैलिएको हुनेछ भने यसको मोटाई १२.०२ एमएम हुनेछ। तुलनात्मक हिसाबले हेर्दा आइफोन १३ प्रोको क्यामेरा बम्पको मोटाई जम्मा ११.२५ एमएम छ।

ठूलो बम्पले क्यामेरामा कैद गर्नुपर्ने दृश्यको क्षेत्रमा कुनै हस्तक्षेप नगरी राम्रो फोटा खिच्न मद्दत गर्छ।

आइफोन १४ प्रोको क्यामेरा बम्प ठूलो भएपनि क्यामेरा लेआउट फराकिलो, अल्ट्रा-वाइड, र टेलिफोटो क्यामेराको साथ उस्तै देखिनेछ। यसबाहेक एप्पलले आइफोन १४ प्रोमा ४८ मेगापिक्सलको मुख्य क्यामेरा दिने अनुमान छ।

आइफोन १४ प्रोको क्यामेरा बम्प अन्यको तुलनामा सहजै छुट्टिन्छ। हालसम्म कम्पनीले यो आइफोनको कुल तौलबारे सार्वजनिक नगरेपनि आइफोन १३ प्रोको तुलनामा भारी हुने म्याकवर्ल्डको अनुमान छ।

यसमा नच्च क्यामेरा प्रविधि नभई होल-पन्‍च प्रविधि हुने पहिल्यैदेखि अफवाह छ। यसो हो भने नयाँ आइफोन १४ प्रोको डिस्प्ले पनि फराकिलो हुन्छ।

यसको बाहिरी आवरणमा पनि केही परिवर्तन हुने विभिन्न रिपोर्ट बाहिरिएको छ। २०२२ आइफोनमा सुरक्षाको लागि बायोमेट्रिक प्रमाणीकरण पनि बढी हुन सक्ने एप्पल इन्साइडरले लेखेको छ।

एप्पलले नयाँ आइफोन सन् २०२२ को सेप्टेम्बर हुने एप्पल इभेन्टमा सार्वजनिक गर्ने अनुमान छ।

प्रतिकृया दिनुहोस्