रारान्यूज संवाददाता प्रकाशित : २०७८/१२/३० गते
८५७ पटक

काठमाडौँ, ३० चैत । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि हुने भएको छ ।
वुधबार बसेको मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा गर्ने
निर्णय गरेको खेलकुद मन्त्री महेश्वर गहतराजले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
हरेक दुई वर्षमा हुने खेलकुद २०७७ मै हुने तय भए पनि कोरोनाभाइरस महामारीका कारण स्थगित हुँदै आएको थियो ।