RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/२/१८ गते
५४२ पटक

पोखरा, जेठ १८ । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आज भएको निर्वाचनमा एमालेका आठै जना उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचन परिणामअनुसार महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी हुनुभयो । उहाँहरु सवैले ८६ मत पाउनु भयो । दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी हुनुभएको छ । दियालीले सर्वाधिक ८७ मत पाउनु भयो । उहाँले एक मत गठबन्धनको चोर्नुभएको हो ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट पोखरा महानगरपालिकामा १ सय ६७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । महानगरमा निर्वाचित सदस्यबाट आज मतदान भएको थियो ।

प्रतिकृया दिनुहोस्