RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/२/२६ गते
९३१ पटक

नेपालगन्ज : तातो हावा ‘लु’ का कारण विद्यालयको पठनपाठन प्रभावित हुन थालेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले बिहीबार एक सूचना प्रकाशित गर्दै गर्मीका कारण विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै शुक्रबारदेखि ५ दिन (जेठ २७–३१सम्म) सबै खालका विद्यालयको पठनपाठन बन्द गर्न सरोकारवालालाई जानकारी गराएका हुन् ।

त्यसैगरी, खजुरा गाउँपालिकाले आज सूचना प्रकाशित गरी ‘लु’ चलेर पठनपाठन सञ्चालन गर्न नसकिने भन्दै पाँच दिने विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए।

गाउँपालिकाले पूर्वनिर्धारित परीक्षा र अन्य प्रशासनिक कार्यका लागि प्रशासन कक्ष भने खुला रहने सूचनामा उल्लेख छ ।

www.annapurnapost.com

प्रतिकृया दिनुहोस्