RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/३ गते
४७८ पटक

काठमाडौं, असार ३ । गृहमन्त्री बालकृष्ण खाँण र कानून मन्त्री गोविन्द बन्दी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट दुई मन्त्री एमाले अध्यक्ष ओलीसँग छलफल गर्न बालकोट पुग्नुभएको हो ।

दुवै मन्त्री संसदमा विचाराधीन विधेयकहरूको सन्दर्भमा छलफल गर्न ओली निवास पुग्नुभएको हो । संक्रमणकालीन न्याय सम्बन्धी कतिपय विषयमा छलफल गर्नका लागि भनिए पनि वार्ताको विषय सार्वजनिक गरिएको छैन ।

मुलुकको पछिल्लो समय मन्त्रीहरुको अराजकता बढेको र बिदेश नीतिमै गम्भीर बिचलन आएको भन्दै कडा रुपमा एमाले प्रस्तुत भएपछि प्रधानमन्त्री देउवाले आफ्नो प्रतिनिधिका रुपमा मन्त्री खाण र बन्दी पठाउनु भएको हो ।

प्रतिकृया दिनुहोस्