RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/२३ गते
५७७ पटक

काठमाडौँ — नेकपा माओवादी केन्द्रले १ सय ५६ सदस्यीय पोलिटब्युरो गठन गरेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बसेको केन्द्रीय समिति बैठकले पोलिटब्युरो सदस्यहरुको टुंगो लगाएको हो ।

जसमा १२५ पूर्ण र ३१ वैकल्पिक सदस्य रहेका छन् । अध्यक्ष पुष्पकमल दाहालले बैठकमा १२५ सदस्यीय पोलिटब्युरो प्रस्ताव गरे पनि विवाद भएपछि बिहीबार दिउँसो १ घण्टा बैठक स्थगित भएको थियो ।

पछि वैकल्पिक पोलिटब्युरो सदस्य थप गरी विवाद समाधान गरिएको एक नेताले बताए ।

पुष्पकमल दाहाल‚ नारायणकाजी श्रेष्ठ‚ कृष्णबहादुर महरा‚ गिरिराजमणि पोखरेल‚ वर्षमान पुन‚ शक्ति बस्नेत‚ जनार्दन शर्मा‚ पम्फा भुसाल‚ चक्रपाणि खनाललगायत छन् ।

यस्तै मातृका यादव‚ दिनानाथ शर्मा‚ हितराज पाण्डे‚ उर्मिला अर्याल‚ सुरेन्द्र कार्की‚ नारायण दाहाल‚ सन्तु दराई‚ गणेशमान पुन‚ हितबहादुर तामाङ‚ कालीबहादुर मल्ल‚ कमला रोका‚ झक्कु सुवेदी‚ हरि अधिकारी‚ सुरेश राई‚ शशि श्रेष्ठ‚ प्रह्लाद बुढाथोकी‚ रेखा शर्मा जोखबहादुर महरा‚ खगराज भट्ट‚ टेक बस्नेत पोलिटब्युरो सदस्यमा नियुक्त भएका हुन् ।

यसैगरी अन्य पोलिटब्युरो सदस्यमा अञ्जना विशुंखे‚ राजु खड्का‚ कृष्णध्वज खड्का‚ शिवकुमार मण्डल‚ रामकुमार यादव‚ मायाप्रसाद शर्मा‚ सुरेश आले‚ अमृता थापा‚ सूर्य सुवेदी‚ महेश्वर दाहाल‚ दिलीप प्रजापति‚ इन्द्र आङ्बो‚ लक्ष्मण पन्त‚ लेखनाथ न्यौपाने‚ जगत यादव‚ रामेश्वर राय‚ परशुराम तामाङ‚ देवेन्द्र पौडेल‚ गणेश शाह‚ सुनील मानन्धर‚ देवेन्द्र पराजुली‚ कल्पना धमला‚ सीता पोखरेल‚ अजम्बर काङबाङ‚ पदम राई‚ ओनसरी घर्ती‚ बलावती शर्मा‚ प्रकाशहरि पोखरेल‚ द‍ीपेन्द्र पुन‚ सत्य पहाडी‚ अच्युतम काफ्ले‚ सन्तकुमार चौधरी‚ नेपबहादुर चौधरी‚ रेनु दाहाल‚ देवराज रेग्मी‚ केशव नेपाल‚ बिना मगर‚ रमेश मल्ल‚ युवराज चौलागाईं‚ युवराज दुलाल‚ हेमराज पोखरेल‚ निर्मल आचार्य‚ रामप्रसाद सापकोटा‚ माधव सापकोटा‚ अजयशंकर नायक‚ अमर तमु‚ सुशीला सिम्खडा‚ किसन शर्मा‚ बालकृष्ण गैरे‚ कुमारी मोक्तान‚ रुपा चौधरी‚ रामकुमार शर्मा‚ धर्मशीला चापागाईं‚ ओम शर्मा‚ रामदीप आचार्य‚ बसन्त घर्ती‚ राजन दाहाल‚ टीका बुढाथोकी‚ शालिकराम जम्कट्टेल‚ विमला सुवेदी‚ घनश्याम यादव‚ बोधमाया यादव र गोपाल शर्मा रहेका छन् ।

असार १९ गते सुरु भई दुई दिन स्थगित भएर बिहीबार बसेको केन्द्रीय समिति बैठकले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको हो ।

प्रतिकृया दिनुहोस्