RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/२६ गते
४१४ पटक

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा  शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरिन्।

‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ। यही विविधताका बीच एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो।’ राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल, संस्कृति र भाषाभाषीका समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु।’

प्रतिकृया दिनुहोस्