RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/१७ गते
१८१ पटक

काठमाडाैं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात समातिएका छन्।

व्यापारीसँग प्याराग्लाइडिङ सञ्चालन अनुमति पत्र मिलाइदिने भन्दै नगद ६ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आज साँझ नक्सालको नागपोखरीस्थित एक होटलको कम्पाउन्डबाट रङ्गेहात समातिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।

सरकारी गाडीसहित होटल पुगेका नेपालको गाडी भित्रबाट थप १६ लाख ५० हजार रुपैयाँ समेत बरामद भएको भण्डारीले जानकारी दिए। पक्राउ परेका नेपालमाथि थप अनुसन्धान भैरहेको छ।

प्रतिकृया दिनुहोस्