RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/१७ गते
४९४ पटक

प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेवल टेवलमा हुने शासन अन्त्य गर्न निर्देशन दिएका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिहदरबारमा मन्त्री र सचिवहरुको बैठक बोलाई प्रधानमन्त्रीलाई जनताले सरकारबाट पाउने सुविधाहरु सहज र चुस्त रुपमा उपलव्ध गराउन निर्देशन दिएका हुन्। ‘तपाईँहरुले सरकारी कार्यालयका टेवल टेवलका शासन आजैदेखि बन्द गराउनुहोस्,’ प्रधानमन्त्रीले निर्देशन दिदै भने, ‘जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रुपमा काम गर्नुहोस्।’

प्रधानमन्त्रीले कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारी वा अन्य पदाधिकारीलाई सवारी साधान सुविधान र इन्धन नदिन पनि निर्देशन दिएका छन्। इन्धनको मूल्य बृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेका बेला उनले कानुनले तोके बाहेकका सरकारी कर्मचारीलाई सवारी साधानको सुविधान पाए नपाएको लगत हेरर कटौती गर्न निर्देशन दिएका हुन्।

त्यस्तै प्रधानमन्त्रीले ६ महिनाभित्र तराकारी तथा फलफूल र एक वर्षभित्र खाद्यन्नमा आत्मनिर्भर हुनेगरी सम्पूर्ण तयारी गर्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्। विद्युत खपत बढाउने, निर्यातलाई प्रबर्द्धन गर्ने लगायतका कामहरु सबै मन्त्रालयले योजना बनाएर अघि बढ्न पनि प्रधानमन्त्रीको निर्देशन छ।

उक्त बैठकमा सरकारका सबै मन्त्रीहरुले आर्थिक बर्षको बजेट र यसको कार्यन्वयनका विषयमा धारणा राखेका थिए।

www.nagariknews.com

प्रतिकृया दिनुहोस्