RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/५/१ गते
८२१ पटक

काठमाडौँ । देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ । आज बिहान देशका अधिकांश भू-भागमा आंशिक बदली रहको छ । प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै र बाँकी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, गेग्रान बहावको सम्भावना रहेको छ । वर्षाका कारण यातायात सेवासमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्क हुन विभागको आग्रह छ ।

प्रतिकृया दिनुहोस्