RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/५/१० गते
७३६ पटक

नैरोबी : ब्याटिङ लाइन कमजोर बन्दा केन्याविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ। जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा अलआउट हुँदै ११४ रनमा समेटिएपछि नेपालमाथि केन्याले १८ रनको जित हात

पारेको हो। जितसँगै केन्याले नेपालसँग भोगेको हारको बदला लिँदै सिरिज १–१ को बराबरी गरेको छ। नेपालका आरिफ शेखले सर्वाधिक २५ रनको योगदान गरे। २१ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गर्दै रन आउट भए। यस्तै रोहित

पौड्याल र आदिल आलमले समान २०/२० तथा पवन सर्फारले १९ रन जोडे पनि अन्य खेलाडीले सम्झन लायकको प्रदर्शन गर्न सकेनन्। नेपाललाई सस्तैमा समेट्ने क्रममा इमानुएल बुन्डी, लुकास ओलुओच र व्राज पटेलले सर्वाधिक समान २/२ विकेट

लिए। यस्तै यूजीन ओचिङ र नेहेम्याह ओधियाम्बोले १/१ विकेट हात पारे । यसअघि नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन जोड्यो। केन्याका लागी राकेप पटेलले

सर्वाधिक ३५ रन जोडे। २५ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे। यस्तै नेहेम्याह ओधियाम्बोले २९ तथा इरफान करिमले २२ रनको योगदान गर्दा कोलिन्स ओबुयाले ९ रन जोडे। ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान ३/३

विकेट लिए। यस्तै करण केसीले २ तथा पवन सर्राफले एक विकेट हात पारे। नेपालले केन्याविरुद्ध तेस्रो खेल १२ भदौमा खेल्नेछ। त्यस्तै दुई टोलीबीच चौथो टी–२० भदौ १३ मा हुँदा अन्तिम टी–२० १४ भदौमा हुनेछ। टी–२० सिरिजपछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ।

 

प्रतिकृया दिनुहोस्