RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/६ गते
३६२ पटक

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली  रही प्रदेश १, मधेश प्रदेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज  दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै  राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केहि र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्