RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/१३ गते
६४० पटक

नेकपा एमालेका केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका इन्चार्ज रतननाथ याेगी एकल रुपमा प्रतिनिधिसभाकाे उम्मेदवारमा सिफारिस भएका छन्। पार्टी विभाजनपश्चात् जुम्लामा एमालेकाे उपस्थिति तुलनात्मक रुपमा कमजोर देखिए पनि स्थानीय तहकाे निर्वाचनमा एमालेले सम्मानजनक मत पायाे।

दिनदिनै आकारमा ठुलाे बन्दै गएकाे पार्टीको उम्मेदवार हुँदा उत्साहित भएका उनी तिला गाउँपालिका-४ रावतबाडाकाे सामान्य परिवारमा जन्मिएका हुन्। समाजमा हुने उत्पीडनका विरुद्धमा आवाज कसरी उठाउन सकिन्छ भन्ने बाटाे खाेज्दा खाेज्दा उनी एमालेमा आवद्ध भएका थिए।

विद्यार्थी कालदेखि नै सफल राजनीतिक कार्यकर्ताकाे रुपमा परिचित उनी २०५३ सालदेखि २०५५ सम्म जुम्ला बहुमुखी क्याम्पसकाे सचिव भएका थिए। २०५६ देखि २०५९ सम्म सानाेठिमी क्याम्पस भक्तपुरकाे सचिव भएका उनी २०५९ देखि २०६२ सम्म जुम्ला बहुमुखी क्याम्पसकाे स्ववियु सभापतिमा निर्वाचित भएका थिए।

प्रविणता प्रमाणपत्र तह मात्रै पढाइ हुने जुम्ला बहुमुखी क्याम्पसमा स्नातक तह अध्यापन गराउनका निम्ति उनकाे उल्लेख्य याेगदान छ। त्यसका लागि प्रतिनिधि मण्डलसहित काठमाडौं पुगेका उनले अर्थमन्त्री र शिक्षामन्त्रीलाई रिपाेर्टर्स क्लबमा ल्याएर जवाफदेही हुन बाध्य पारेका थिए।

२०६२/०६३ काे  जनआन्दोलनताका उनी चर्चित वक्ता हुन्। युवा विद्यार्थीमाझ लाेकप्रिय उनले राजा ज्ञानेन्द्रकाे प्रत्यक्ष शासनकाे खुलेर विराेध गर्दा तीन महिनाकाे पक्राउ पुर्जी पाएर हिरासत पुगेका थिए। तर, जनआन्दोलनले उग्र रुप लिँदा बीचमा उनकाे रिहाइ भयाे।

त्यसबेलाको सक्रियताले उनलाई राजनीतिमा स्थापित गरायाे। देश संघीयतामा गएपछि कर्णालीलाई सुदूरपश्चिममा गाभ्ने गरी राज्य पुन:संरचना गरिँदा कर्णालीमा जनआन्दोलन भयाे। जुम्लामा उनी नेतृत्वदायी भूमिकामा थिए। संविधान निर्माणपछि पहिलाे पटक स्थानीय तहकाे निर्वाचन भएकाेबेला तिला गाउँपालिकामा एमालेकाे कमजोर संगठन हुँदा पनि उनी विजयी हुन सफल भए। सत्तामा पुग्दा बैगुनीलाई गुनले मार्नुपर्छ भन्ने ध्ययलाई आत्मसात गर्ने उनीसँग बिएल नेपाली सेवाका लागि महेश नेपालीले गरेकाे कुराकानी यहाँ प्रस्तुत छ।

जुम्लाबाट प्रतिनिधिसभाकाे लागि तपाईं नेकपा एमालेकाे एक्लाे उम्मेदवारकाे रुपमा सिफारिस हुनुभएकाे छ। गठबन्धनसँगकाे चुनावी प्रतिस्पर्धा एमालेका लागि फलामकाे चिउरा हुने त हाेइन ?

अहिले हुन लागेकाे निर्वाचन स्थानीय तहकाे हाेइन। स्थानीय तहकाे निर्वाचनमा व्यक्ति हेर्ने चलन हुन्छ। याे राष्ट्रिय निर्वाचन भएकाे हुनाले राष्ट्रिय राजनीति कता जाँदैछ भन्ने कुरा मुख्य हुनेछ। अहिले पाँच दल नेकपा एमालेकाे विरुद्ध माेर्चा कसिरहेकाे बेला हाे। संविधान र लाेकतन्त्रकाे मर्मविपरीत स्वतन्त्र रुपमा दलले प्रतिस्पर्धा गर्नुपर्ने ठाउँमा कुनै एउटा दललाई निषेध गर्ने नियत स्वच्छ मानसिकताबाट निर्देशित छैन।

याे बेलामा हामीले भनिरहेका छाैं, अहिलेकाे लडाइँ भनेकाे लाेकतन्त्र चाहने र नचाहने, राष्ट्रियता चाहेन र नचाहनेकाे, समृद्धि चाहने र नचाहनेकाे तथा कानुनकाे राज्य चाहने र नचाहने बीचकाे हाे। यसमा नेकपा एमाले एकातिर छ भने अर्काेतिर पाँच दलीय गठबन्धन छ।

अहिले गठबन्धन गरिरहेका पाँच दलसँग के मुद्दा छन्? कुन बिन्दुमा उनीहरुकाे साझा मत छ? पाँच-पाँचवटा दल मिलेर कुनै एउटा दललाई निषेध गर्नु लाेकतन्त्रकाे मर्मविपरीत छ। तथापि देशभर एमालेकाे लाेकप्रियता बढ्दै छ। याेदेखि डराएर पाँच दलले गठबन्धन गरेका हुन्। याे हाम्रा लागि फलामकाे चिउरा हाेइन। सजिलै चपाउन सकिने मिठाे धानकाे चिउरा हाे। जसका कारण एमालेले शक्ति झन्झन् बढ्दै जानेछ।

देशमा ओलीप्रति जनताकाे आकर्षण बढिरहँदा जुम्लामा नेकपा एमालेप्रतिका जनताकाे आकर्षण हाे कि विकर्षण हाे ?

स्वभाविक रुपमा आकर्षण हाे नि।

एमालेप्रति जनताकाे आकर्षण हने भनेर कसरी पत्याउने ?

सिंजामा ओली आउँदा इतिहासमा पहिलाे पटक त्यति धेरै मान्छे उर्लिएका थिए। याे आकर्षण हाेइन त!

तर, जनता आएअनुसार एमालेकाे संगठन स्वभाविक रुपमा बढ्न सकेन नि ?

एमाले विभाजनकाे सबैभन्दा ठुलाे प्रभाव जुम्लामा परेकाे थियाे। देशभरिमा समाजवादीकाे ठुलाे प्रभाव पनि जुम्लामै परेकाे हाे। लगभग ७० प्रतिशत संगठन समाजवादीले लिएकाे थियाे। याे हिसाबले बुद्धिजीवीदेखि पत्रकार सबैकाे आँकलन जुम्लामा एमालेले २५ सयदेखि तीन हजारसम्म मात्रै मत ल्याउला भन्ने अनुमान गरेका थिए। तर, स्थानीय तहकाे निर्वाचनमा हामीले झण्डै साडे नाै हजार मत ल्याउन सफल भयाैं। विभाजनकाे सबैभन्दा ठुलाे असर परेकाे जुम्लामा यस्ताे खालकाे सम्मानजनक मत आउनु जनताकाे एमालेप्रतिकाे आकर्षण हाेइन र?

विभिन्न दल परित्याग गरेर एमाले प्रवेश गर्नेकाे संख्या तुलनात्मक रुपमा कम देखिन्छ। तर अन्य पार्टीहरुकाे हालत एमालेभन्दा कमजोर छ। यस हिसाबले हामी नै अगाडि छाैं। यसर्थमा एमालेप्रति जनताकाे आकर्षण बड्दाे छ।

अहिले राप्रपा, काँग्रेस, माओवादी, समाजवादी पार्टीमा कसैले प्रवेश गरेकाे सुन्नुभएकाे छ? विभिन्न दल परित्याग गरी एमाले प्रवेश गरिरहेकाे कुरा सुनिरहनु भएकै हाेला। जिल्लामा एउटा पनि स्थानीय तहमा प्रतिनिधित्व नभएकाे नेकपा एमालेमा कुन स्वार्थले मान्छे आइरहेका हाेलान्? त्यसमाथि एमालेकाे एउटा पनि माननीय छैन। भएका माननीय समाजवादी हुनुहुन्छ। यस्ताे अवस्थामा समेत जनताले एमाले नै राेजिरहेका छन्। सत्तामा नहुँदा पनि जनता एमाले नै राेज्छन् भने याे स्वभाविक रुपमा नेकपा एमालेप्रति जनताकाे आकर्षण नै हाे।

यसकाे प्रमुख आधार भनेकाे नेकपा एमालेले लिएकाे नीति र विचार हाे। पार्टी अध्यक्ष कमरेड केपी ओलीकाे राष्ट्रियताप्रतिकाे अडान, उहाँले सरकारकाे नेतृत्व गर्दै गर्दा विकास निर्माणका गतिविधि र दुरगामी महत्वका याेजना आदि कारणले पनि अब याे देशमा केही गर्छ त एमालेले नै गर्छ भन्ने जनताकाे बुझाइ छ। यसरी एमालेप्रति जनताकाे आकर्षक बढ्दै गएकाे हाे।

तपाईं चुनावमा गइसकेपछि हामी जित्छाैं भन्ने लाग्छ कि सम्मानजनक मत प्राप्त गर्छौं जस्ताे लाग्छ ?

मैले अघि थाेरै कुरा जाेड्दै थिएँ। आज दलीय मर्यादा रहेन। दलहरु जनतासँग जाने भनेकाे घाेषणापत्र लिएर हाे। एमाले आफ्नाे दृष्टिकोण र देश विकासकाे स्पष्ट खाकासहितकाे घाेषणापत्र लिएर चुनावमा जानेछ। तर पाँच दल कुन घाेषाणापत्र लिएर जान्छन्? कम्युनिस्टकाे वर्ग दुश्मन कांग्रेस हाे, कांग्रेसकाे कम्युनिस्ट हुन्। यस्ताे अवस्थामा सबै प्रकारका विचार र सिद्धान्तसँगै मिसाउँदा कस्ताे प्रकारकाे खिचडी पाक्ला? याे अवस्था जनताले नबुझ्ने हाेइनन्।

मलाई लाग्छ जनताले नजिकबाट नियालिरहेका छन्। केही नेताले आफ्नाे सिट र सत्ता स्वार्थलाई केन्द्रबिन्दु मान्दा जनता दास बन्नुपर्ने, निश्चित स्वार्थका लागि सिद्धान्तलाई तिलान्जली दिँदा सचेत कार्यकर्ता चुप लागेर बस्नुपर्ने स्थित चिरिनेछ। यस्ताे अवस्था देखेर जनता मुखमा दही जमाएर बस्ने छैनन्।

पार्टीकै कारण गाउँमा जनता बाँडिएका छन्। जनताकाे भाराे, पडिम छुटेको छ। सहकार्य टुटेकाे छ। विचारकै कारण एक अर्काेसँग छुट्टिएर बस्नुपरेकाे छ। पार्टीकै कारण शिक्षा भाँडिएकाे छ। विकासमा भागबन्डा लागेकाे छ। अहिले कार्यकर्ताकाे भावनाविपरीत गठबन्धन गर्दा कसले पत्याउने? तसर्थ सचेत वर्गकाे पहिलाे राेजाइ एमाले नै हाे। त्यसैले हामी सम्मानजनक मतका लागि हाेइन, चुनाव जित्नका लागि चुनावी मैदानमा हुनेछौं।

यसलाई चिर्न सकिन्छ जस्ताे लाग्छ ?

मज्जाले सक्छौं। गठबन्धनका दलहरु साझा घाेषणापत्र ल्याएर आउलान् जस्ताे लाग्छ? मलाई लाग्दैन। देशका लागि गठबन्धनले सबथोक गर्न सक्छ भन्नेमा जनता विश्वस्त छैनन्। त्यसैले हामी गठबन्धनकाे कच्ची धागाे सजिलोसँग चुँडाल्न सक्छौं।

एमालेले पनि राप्रपासँग तालमेल गर्ने कुरा छ नि ?

कतैकतै एमालेकाे थाेरै मतले राप्रपा जित्न सक्ने र राप्रपाकाे थाेरै मतले एमाले जित्न सक्ने स्थिति भएकाे खण्डमा आवश्यकता हेरी तालमेल हुन सक्ने सम्भावना रहला। त्यसलाई पार्टीले स्थानीय आवश्यकता भनेकाे छ। तर, पूर्ण रुपमा गठबन्धन हुँदैन।

अहिले सामाजिक सञ्जालमा चर्चा बटुलेका ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्दै हुनुहुन्छ। केन्द्रीय स्तरमा राप्रपाकाे एमालेसँग तालमेल भयाे भने एमालेले जुम्लामा ज्ञानेन्द्र शाहीलाई छाेड्ने कुरा छ नि! खास कुरा के हाे ?

म पार्टीको केन्द्रीय सदस्य हुँ। जिल्लाकाे इन्चार्ज पनि हुँ। अरुले कसरी प्रचार गर्छन्, त्याे थाहा छैन। भाेलि प्रचार गरेजस्तो भएन भने उनीहरु नै हल्का र फिक्का सावित हुने हुन्। मैले पनि याे कुरालाई ख्याल गरेरै बाेल्नुपर्छ। म पनि केन्द्रीय समितिकाे बैठकमा नजाँदासम्म कतै यस्ताे हुने हाे कि भन्ने साेच्थेँ। बैठकपछि याे सम्भावना नै छैन।

मुस्किलले तीन चार वटा निर्वाचन क्षेत्रमा यस्ताे सम्भावना देखिएला। एमालेले जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीलाई छाेड्दा के फाइदा हुन्छ? अर्थशास्त्रमा तुलनात्मक लाभकाे बारेमा पनि पढ्नु भएकै हाेला। त्यसमाथि राप्रपाकाे संगठन कति हाे? कुनै संगठन नै नभएकाे पार्टीको एक व्यक्तिको सामाजिक सञ्जालमा देखाइएकाे चर्चाले दाेस्राे पार्टीको संगठनले केही पाउँदैन।

तपाईंले गाउँपालिकाकाे अध्यक्ष जितेर काम गरिसक्नुभएकाे छ। त्यहाँ तपाईंले जनतालाई कत्तिको सन्तुष्ट पार्नुभयाे ? त्यसले पनि भाेट पाउने नपाउने निर्धारण गर्ला नि!

अवश्य निर्धारण गर्नेछ। मैले काम गरे नगरेकाे मूल्यांकनकाे जिम्मा जनतालाई नै दिएकाे छु। दुइटा नयाँ मावि, नाै वटा वडामा ११ वटा स्वास्थ्य केन्द्र, बृहत् खानेपानी आयाेजना, सबै क्षेत्रमा संचारकाे पहुँच, सबै गाउँमा बाटाेघाटाे निर्माण, पालिकाकाे आम्दानीसहितको भवन आदि काम म तिला गाउँपालिकामा हुँदाका तस्बिरहरु हुन्। तस्बिर आफैँ बाेल्छ। म बाेल्न जरुरी छैन।

म आफू केन्द्रित प्रचारबाजीमा कहिल्यै लागिनँ। मेराे नेतृत्वकाे पालिकामा एमालेको मेजाेरेटी थिएन। मैले घाेषाणा गरेजति सबै काम गर्न सकिनँ। तर गर्दै नगरेकाे हाेइन। तथापि जुम्ला जिल्लाकाे सबैभन्दा विकट गाउँपालिका तिलामा मेराे नेतृत्वपछि के भयाे त्यसकाे साक्षी जनता हुन्। म केही बाेल्दिनँ।

तिलाकाे सेन्टिमेन्ट जिल्लाभर फैलिएला? जिल्लाभरका जनताकाे मत पाउन तपाईंसँग के के याेजना छन् ?

पहिलो कुरा सांसदले कानुन बनाउने हाे। विकास गर्ने हाेइन। पूर्वाधारकाे लागि वा सांसद विकास काेषबाट आउने चार/पाँच कराेड रुपैयाँले जिल्लाकाे विकास गर्ने कुरा दिमागबाट हटाउनुपर्छ। जुम्लाकाे विकासका लागि जिल्लाकाे साझा दस्तावेज हुनुपर्छ। म आज नेकपा एमालेकाे उम्मेदवार हुँ। जितेपछि जनताकाे प्रतिनिधि हुनेछु। त्यसैले जे गरेपनि जुम्लाको लागि गर्ने हाे।

संसदमा बाेलेर मात्रै वा नबाेरेर मात्रै पनि विकास हुँदाेरहेनछ। हामीले यसअघिका माननीय पनि देखिसकेका छाैं। त्यसकारण अहिलेकाे विकासकाे माेडेल बुझेकाे मान्छे जनप्रतिनिधि हुनुपर्छ। म विकासकाे माेडेल बुझेकाे मान्छे हुँ।

स्थानीय तह, प्रदेश र संघ गरी तीन तहका सरकारी संरचना छन्। यी सबै सरकारका काम, कर्तव्य हामीलाई राम्राेसँग थाहा छ। स्थानीय तह र प्रदेश सरकारले गर्ने काम संघकाे माननीयले गर्छु भनेर मुद्दा बनाउनु लज्जाकाे कुरा हाे। एकले अर्काकाे अधिकारकाे ओभरल्यापिङ र कानुनी अड्चनकाे विषयमा हामीले संसदमा कुरा उठाउनु त पर्ने नै छ। तर सबै मै गर्न सक्छु भन्नू मुर्खता हुनेछ।

अब हामीले जुम्लामा गर्ने विकास भनेकाे सम्बन्धित मन्त्रालयअन्तर्गत रहेका कार्यालयहरुमार्फत सबै क्षेत्रकाे व्यवस्थित गुरु याेजना बनाउनु हाे। यदि मलाई जुम्ली जनताले जिताएछन् भने म पहिलाे पाँच/सात महिना राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, सराेकारवाला, पत्रकार सबै राखेर जुम्लाका हरेक क्षेत्रकाे गुरु याेजना बनाउनमा खर्चिनेछु।

मैले कृषिमा बजेट माग्नुपर्‍यो भने के देखाउने? शिक्षा, स्वास्थ्यमा बजेट माग्नुपरेमा के देखाउने? खानेपानीकाे बारे मेराे मत के हुने? मैले सडक माग्नु पर्‍यो भने खल्तीबाट याेजना माग्ने? हाेइन। सडककाे माग गर्दा जुम्लाकाे पूर्वाधार कार्यालयमार्फत बनाएकाे गुरु याेजना देखाएर नै बजेट माग गर्ने हाे। याे कुरा पहिले नै निश्चित भएकाे हुनुपर्छ।

हामीले अरु दलसँग पनि सहकार्य गर्नुपर्छ। अहिलेसम्म बिग्रेकाे सहकार्य नगरेर हाे। सप्रेकाे जति सबै आफ्नाे र बिग्रेको जति अरुकाे गर्नाले व्यक्तिवादी नेतृत्वप्रति जनताकाे दिलचस्वी छैन। सबैलाई जिम्मेवार बनाउन सके जसकाे भागिदार जनता हुनेछन्। अपजस जति सबै हामी आफ्नाे थाप्लामा लिउँला। लामाे राजनीतिक यात्रा र जिल्लाकाे विकास गर्न यति त गर्नै पर्छ। सारमा मेरा याेजना यिनै हुन्। धेरै कुरा बाेल्नुभन्दा पनि धेरै काम गर्नुछ। याे मैले मनमा राखेकाे छु।

धेरै नेताहरुमा आफ्ना कार्यकर्ता लक्षित बजेट हाल्ने चलन छ। तपाईं पनि त्यही गर्नुहुने त हाेइन ?

म व्यक्ति विशेष, समूह विशेष, पार्टीको विशेष याेजनाका पछि लाग्ने छैन। तिलाकै उदाहरण लिउँ, मसँग काेही रिसायाे भने ती एमालेकै कार्यकर्ता थिए। त्यसकारण जिल्लाकाे साझा दस्तावेज बनाउने हाे भनेर बारम्बार दाेहाेर्‍याउनु परिरहेको छ। चुनावी मैदानमा हुन्जेलसम्म दल आफ्नाे हाे। निर्वाचनमा विजय हासिल गरेपछि दल बिर्सने हाे। जनता सम्झिने हो। जिल्लाकाे बारेमा साेच्ने हाे।

तपाईंको नजरमा जुम्ला विकासकाे लागि मुख्य सम्भावनाका क्षेत्र के के हुन्? जस्ताे शिक्षा, स्वास्थ्य, कृषि आदि।

दुनियाँमा सबैभन्दा पहिला विकास गर्नुपर्छ भने शिक्षाकाे विकास नै हाे। शिक्षित व्यक्तिले गर्ने कृषि र सामान्य नागरिकले गर्ने कृषिमा धेरै भिन्नता हुन्छ। हरेक चिजमा भिन्नता हुन्छ। तर, शिक्षाकाे विकास गर्नेले यसभित्रका समस्या पनि बुझ्नुपर्ने हुन्छ।

गाउँमा एकदेखि १२ कक्षासम्मकाे शिक्षा स्थानीय तहलाई जिम्मा दिएकाे छ। एउटा माननीयले शिक्षाकाे विकास गर्ने भन्दा स्थानीय तहकाे अधिकार के हुने? स्थानीय तहले सहयोग गर्छ कि गर्दैन? यस्ता खाले समस्या नदेखिउन भन्नका लागि नै व्यवस्थित गुरु याेजना चाहिन्छ भनेकाे हुँ।

प्राथमिकताका सबै क्षेत्रकाे गुरुयोजना चाहिन्छ। यसका लागि सबैलाई राखेर जिल्लाका प्राथमिकतालाई नै साझा दस्तावेज बनाउने हाे। त्यसकारण अहिले नै म याे याेजना भनेर छुट्टै सार्वजनिक गर्ने पक्षमा छैन। मेराे मत माग्ने आधार भनेकाे हाम्राे पार्टीले सार्वजनिक गर्ने घाेषणा पत्र हुनेछ।

हिजाे हाम्राे आवश्यकता जुम्लामा क्याम्पस थियाे। उच्च शिक्षा थियाे। त्यसका लागि जिल्लाका तीसवटै गाविस मिलेर क्याम्पस चलाएका हाैं। आज वडा-वडामा स्वास्थ्य चाैकीकाे आवश्यकता महसुस गरिएकाे छ। तिलाका नाै वटा वडामा हामीले १३ वटा स्वास्थ्य केन्द्र बनायाैं। ती हाम्राे साझा आवश्यकता थिए। हाे, त्यस्तैगरी जिल्लाकाे साझा आवश्यकता पहिचान गरी हामी सबै मिलेर त्यसलाई पूरा गर्न लाग्ने हाे।

आज एउटाले याेजना बनायाे, भाेलि त्यसलाई अर्काेले विराेध गर्ने परिपाटी अन्त्य गर्नका लागि जिल्लाकाे साझा दस्तावेज बनाउने भनेकाे हुँ। कसैले त्यसलाई असहयोग गर्छ भने त्याे कुरा जनताकाे बीचमा लैजाने हाे।

चुनावमा भेग क्षेत्रले कत्तिको प्रभाव पार्ला जस्ताे लाग्छ ?

अवश्य पार्छ। यसकाे प्रभाव हरेक चुनावमा पर्छ नै। हिजाेदेखिकाे परम्पराबाट हामी माथि उठिसेका छैनौं र केही ठाउँमा परम्पराभन्दा माथि उठेका पनि छाैं। जस्ताे- काठमाडौंमा बालेन आए, धरानमा हर्क साम्पाङ आए। हाम्राे जस्ताे क्षेत्रमा भेग क्षेत्रले केही हदसम्म प्रभाव पार्छ नै।

जुम्लामा असी दरा, पाँच सय दरा, सिंजा दरा र चाैधबीस दरा छन्। यी हाम्राे भेग क्षेत्र हुन्। असी दराले धेरै पटक नेतृत्व गरिसकेकाे छ। चाैधबीस र सिंजाले पनि नेतृत्व पाए। पाउन बाँकी पाँच सय दरा हाे। जहाँबाट मेराे उम्मेदवारी छ। जनतामा याे मनाेविज्ञानले पनि प्रभाव पार्ने नै छ।

एमाले उम्मेदवारकाे हिसाबले जनतालाई के सन्देश दिनुहुन्छ ?

नजिकै दसैँ, तिहार, छटजस्ता महान चाड आउँदैछन्। ती सबै चाडपर्वकाे शुभकामना! यतिबेला म नेकपा एमालेकाे उम्मेदवार बनेकाे छु। जनताले अपवित्र गठबन्धनलाई परास्त गर्न नेकपा एमालेलाई चुन्न सक्षम हुनेछन् भनेर भराेसा दिलाउन चाहन्छु। एउटा भिजन भएकाे पार्टी र राष्ट्रियताकाे सवालमा निर्भिक रुपमा अडिएकाे पार्टीलाई मत दिन किन्चित पछि नहट्नु भन्ने सन्देश दिन चाहन्छु।

www.breaknlinks.com

प्रतिकृया दिनुहोस्