RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/१५ गते
३७४ पटक

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय गरेको छ। गठबन्धनको सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै अन्य राजनीतिक दलहरूसँग पनि तालमेलका लागि ढोका खुला राख्ने निर्णय गरेको हो।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको कार्यकारिणी बैठकले चुनावी तालमेलको विकल्प खुला राख्ने निर्णय भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए। संघ र प्रदेशमा चित्तबुझ्दो सिट नपाएपछि पार्टीले अन्य विकल्प पनि खुला राखेको उनले बताए।

‘हाम्रो पार्टीको समेत सहभागितामा रहेको ५ दलीय गठबन्घनमा आगामी हुने संघीय संसद र प्रदेश सभा सदस्यको निर्चानमा सिटको तालमेलको सम्बन्घमा भइरहेको सिट बाँडफाँटसम्बन्घी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था

नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ। सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय गरिन्छ,’ विज्ञप्ति जारी गर्दे सुमनले भनेका छन्।

गठबन्धनमा जसपाले १७-१८ सिट पाउने करिब निश्चित भएको बताइएको छ।

www.annapurnapost.com

प्रतिकृया दिनुहोस्