RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/२८ गते
५११ पटक

काठमाडौं : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक सामग्री पठाउन सुरु भएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यलयमा पठाउन सुरु गरेको हो।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले शुक्रबार प्रदेश १ का लागि आठ ट्रक सामान पठाइएको जानकारी दिए।

अन्य प्रदेशका लागि पनि आवश्यक निर्वाचन सामग्री पठाउने तयारी भइरहेको छ। यसैबीच शुक्रबार निर्वाचन आयोगको केन्द्रीय कार्यलय बहादुर भवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव दुवाडीले आयोगले मतदाताहरूलाई निर्वाचन शिक्षा प्रदान गर्न काम गरिरहेको बताए।

‘मतदाता शिक्षाका लागि मुख्य प्रशिक्षक प्रशिक्षण’ दिन आयोजित कार्यक्रममा उनले मतदातालाई मतदान केन्द्रसम्म ल्याएर बढीभन्दा बढी मतदान गराउन र बढीभन्दा बढि सदर मत गराउन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे।

मतदाता शिक्षा सञ्चालन गर्न निर्वाचन आयोगको भूमिकामा सरोकारवाला राजनीतिक दलहरूले पनि सहयोग गर्नुपर्ने भन्दै स्थानीय सरकारले पनि यसमा ध्यान दिनुपर्ने बताए।

प्रतिकृया दिनुहोस्