RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/७/१६ गते
४४१ पटक

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने मौसमको अवस्था देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राती  प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रतिकृया दिनुहोस्