RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/९/४ गते
२२२ पटक

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आज जलपान कार्यक्रमको आयोजना गर्दैछ।

आयोगको प्राङ्गणमा दिउँसो साढे १ बजे जलपान कार्यक्रम राखिएको आयोगले जनाएको छ। जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको छ।

यस वर्ष तीन तहका निर्वाचन सम्पन्न भएका छन्। गत वैशाखमा स्थानीय तह तथा यही मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकैसाथ सम्पन्न भएको छ।

यसअघि हिजो आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको थियो। आयोगको कान्तिपथस्थित परिसरमा प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिएको हो।

प्रतिकृया दिनुहोस्