RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/९/२२ गते
३०४ पटक

सुर्खेत बसेर हुम्लाको गाउँपालिका चलाएका अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाही र लेखापाल दत्तबहादुर थापालाई गाउँपालिकामा हाजिरी गर्न रोकिएको छ । शाही र थापा चार महिनापछि बिहीबार गाउँपालिका कार्यालय पुगेका थिए ।

गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, ३ नम्बर वडाका अध्यक्ष डिलबहादुर फडेरा, ४ का अध्यक्ष मनऋषि पाण्डेलगायतले हाजिर गर्न रोकेका हुन् । तीन करोड रुपैयाँ हिनामिनाको टुंगो नलागेसम्म हाजिर गर्न नदिने भन्दै उनीहरूले शाही र थापालाई कार्यालयबाट बाहिर निकालेको एक कर्मचारीले जानकारी दिए ।

गत साउनमा निमित्त अधिकृत टकदत्त प्याकुरेल भ्रष्टाचार अभियोगमा निलम्बनमा परेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट शाहीलाई निमित्त अधिकृत नियुक्त गराएका थिए । त्यसलगत्तै गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले कार्यपालिकाको बैठकबाट हंश महतारालाई निमित्त अधिकृतमा नियुक्ति गराएका थिए । त्यसयता शाही सुर्खेत बसेर कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका थिए ।

www.nayapatrikadaily.com

प्रतिकृया दिनुहोस्