RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/९/२५ गते
१८८ पटक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। देउवाको धुम्बाराही निवासमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री समेत रहेका देउवासँग विश्वासको मत मागेका छन्। उनले स्थायी सरकार निर्माणका लागि देउवासँग विश्वासको मत मागेको स्रोतको भनाइ छ।

सोमबार न्यूनतम साझा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सिंगो सदनले नै विश्वासको मत दिने दाबी गरेका थिए। नेकपा एमाले अध्यक्ष केपी ओलीले समेत कांग्रेसले विश्वासको मत दिने संकेत गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले भोलि ११ बजे बस्ने संसद बैठकमा विश्वासको मत लिने कार्यक्रम छ।

प्रतिकृया दिनुहोस्