RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/९/२६ गते
२६० पटक

प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिँदै छन्। आज विहान ११ बजे बस्ने संसदको बैठकमा उनले  विश्वासको मत लिन लागेका हुन्। प्रत्यक्ष र समानुपातिक गरी कुल २७५ सदस्य रहेको प्रतिनिधिसभाका सदस्यहरु मध्ये बहुमत मत प्राप्त गर्नका लागि १३८ सांसदले दाहाललाई मत दिनु पर्ने हुन्छ।

यदि, दाहालले  विश्वासको मत पाउन नसकेमा नयाँ प्रधानमन्त्रीको प्रक्रिया सुरु हुनेछ। विश्वासको मत पाएमा भने प्रधानमन्त्रीका रुपमा देशको कार्यकारी नेतृत्व गरेर अघि बढ्न दाहाललाई वैधानिक बाटो खुला हुनेछ।

पुस १० गते दाहाल नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सासद सहित १६९ जनाको समर्थन पाएर प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। नेपाली कांग्रेस र नेकपा एसले प्रधानमन्त्री दाहाललाई  विश्वासको मत दिने वा नदिने निर्णय अझै गरीसकेका छैनन्।

पाँच दलीय गठबन्धनमा प्रधानमन्त्री दाहालको साझेदारी रहेका यी दुई दलले आजै बैठक बसेर विश्वासको मत दिने वा नदिने निर्णय गर्ने जनाएका छन्।

प्रतिकृया दिनुहोस्