RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१०/११ गते
१७० पटक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । मंगलबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएसँगै आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्न लागेको हो ।

नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो । यी मन्त्रालयमा जाने मन्त्रीको शपथ आजै हुने माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । मन्त्रालयको संख्या घटाएसँगै कर्णालीमा आज मन्त्रीमण्डलले पूर्णता पाएको हो ।

प्रतिकृया दिनुहोस्