RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१०/२५ गते
१५६ पटक

२६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद्‍हरुका लागि रात्रिभोज आयोजना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्नुहुने भएको हो । संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिनुभएको जनता समाजवादी पाटी नेपालका सा‌सद राजकिशोर यादवले जानकारी दिनुभयो ।

राष्ट्रपतिले आयोजना गर्ने उक्त रात्रि भोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संबैधानिक निकायका उच्च अधिकारी कुटनीतिक नियोगका पमुखहरु उपस्थित हुनेछन् ।

आगामी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलीपल्ट राष्ट्रपति भण्डारीले रात्रीभोजको आयोजना गर्न लाग्नुभएको हो । नेपालको संविधानले दुई पटक भन्दा राष्ट्रपति हुन नसक्ने जनाएपछि यसलाई बिदाई भोजको रुपमा हेरिएको छ । निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।

प्रतिकृया दिनुहोस्