RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/११/२१ गते
१७० पटक

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

कार्यालयले साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवम् आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस्