RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/११/२८ गते
५३५ पटक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृष्णबहादुर महराको नेतृत्वमा तयार भएको ड्राफ्ट फेरेपछि तीन माओवादी धार विभाजित भएका छन् ।

माओवादी नौ धारको बैठकले संयुक्त अपिल तयार गर्न महरालाई जिम्मेवारी दिएपनि प्रचण्डले संशोधन गरेर तयार गर्न लगाएपछि तीन माओवादी धारले बहिष्कार गरेका हुन् ।

जसमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टी छन् ।

प्रचण्डले तयार गरेको अपिलमा सरकारलाई जस दिन खोजेपछि आफूहरूले संयुक्त पत्रकार सम्मेलन बहिष्कार गरेको स्थायी समिति सदस्य गजुरेलले बताए । सरकारको प्रशंसा गर्न खोजिएपछि संयुक्त पत्रकार सम्मेलनमा अर्थ नदेखेर सहभागी नभएको बताए । तर माओवादी केन्द्रका प्रवक्ता महराले भने संयुक्त पत्रकार सम्मेलनमा आउने भनिए पनि अन्तिममा सहभागी नभएको बताए ।

प्रतिकृया दिनुहोस्