
काठमाडौँ — कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा ९ बजे बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरिने पौडेलले बताए । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि डाकिएको उनले बताए ।