RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/१२/२५ गते
२३८ पटक

काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा सुझाव मागेको छ। बजेट मस्यौदा लेखन टोली गठन भएको भोलिपल्ट सरोकारवाला तथा सर्वसाधारणबाट सुझाव माग गरिएको हो।

बजेटमा औपचारिक सुझाव २०८० वैशाख १५ अगावै दिन सकिनेछ। मन्त्रालयको सूचनामा भनिएको छ, ‘आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेट तथा तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको छ। आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा

समावेश गर्न उपयुक्त हुने विषयहरूका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरू आगामी २०८० वैशाख १५ गतेभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिनु हुन अनुरोध छ।’

मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकको नाममा सूचना नारी गर्दै सुझाव माग गरेको हो।

बजेटमाथि सुझाव मन्त्रालयको वेवसाइटमा रहेको बजेट सजेसन ट्याबमार्फत् वा इमेलमार्फत् दिन सकिनेछ।

प्रतिकृया दिनुहोस्