RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०८०/३/२४ गते
१३४ पटक

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिका वडा नं २ स्थित निर्माणाधीन खानेपानीको ट्यांकीमा उनले भ्रष्टाचार गरेको अख्तियारको भनाई छ ।

उक्त ट्यांकी निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत रकम विनियोजन भएको थियो । उपभोक्ता समितिलाई जिम्मा दिइएको उक्त काम आधा बाँकी हुँदै ट्यांकी निर्माण काम सकियो भनेर पेश गरिएको फर्जी बिलमा शाहीले भरपाई गरिदिएको पाइएको हो ।

यसबारे अनुसन्धान गर्दा शाहीले हुँदै नभएको काम भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई, थप मूल्यांकन गरेर भुक्तानी स्वीकृति दिएको भेटिएको बताइएको छ । उनले राज्य कोषमा ६ लाख ४८ लाख ७८६ रुपैयाँ नोक्सानी पुर्‍याएको दाबी गर्दै सोही रकमको बिगो जरिवानासहित कैद सजाय माग गरिएको छ ।

अख्तियारले शाहीसँगै गाउँपालिकाका इन्जिनियर मानबहादुर एडी, प्राविधिक सहायक गोभर्धन बोहरा, लेखापाल नवीन रेग्मी, तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी, कोषाध्यक्ष नन्दादेवी देवकोटा धितालविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रतिकृया दिनुहोस्