RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०८०/३/२४ गते
२०१ पटक

काठमाडाैं । आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलि (सोमबार) सम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले सूचना टाँस गर्दै भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएको हो ।

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएनु पर्ने र राजीनामा माग गरेको थियो ।

त्यसपछि अध्यक्ष ओली संसद खोल्न तयार भएका थिए । तर, केहीबेरपछि एमालेले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्ती समेत फिर्ता लिनुपर्ने नयाँ प्रस्ताव राखेको थियो ।

एमालेले नयाँ प्रस्ताव अघि सारेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले बुधबार बैठक अवरुद्ध गरेयता संसद् सुचारु हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्