RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०८०/३/३१ गते
२४७ पटक

काठमाडौं । संघीय संसद सचिवालयले भदौं २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई निर्देशन दिएको छ ।

संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले आइतबार सूचना जारी गर्दै सांसदहरूलाई आर्थिक वर्ष २०७९र८० को सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो ।

सम्पत्ति विवरण बुझाउँदा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) बमोजिम संघीय सांसदले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस्