RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०८०/३/३१ गते
३२५ पटक

काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ साउनबाट दोहोरो सहमति लिएर कामकाजका लागि समायोजन भएका कर्मचारीलाई मात्रै दरबन्दी भएको ठाउँमा फिर्ता हुन निर्देशन दिएको जनाएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रशासन सहसचिव तुलसीनाथ गौतमले उक्त जानकारी दिएका हुन् । उनले समायोजन र समायोजन मिलान भएका कर्मचारीहरु काम गरिरहेको ठाउँबाट फर्किनु नपर्ने बताए । ‘अहिले हामीले दोहोरो सहमतिमा

कामकाजका लागि दरबन्दीबाहेकको ठाउँमा रहेका कर्मचारीलाई दरबन्दी रहेकै ठाउँमा फिर्ता हुन भनेका छौं,’ गौतमले भने, ‘त्यसमा पनि पालिकामा दरबन्दी भएमा राख्न सक्छ भने खुला गरेका छौं । तर, समायोजन र समायोजन मिलान भएका कर्मचारीहरुको हकमा यो लागु हुँदैन् । सहसचिव गौतमले पछिल्लो समय स्वास्थ्य मन्त्रालयले जारी गरेको पत्राचारको अपब्याख्या गरी केही स्थानीय तहहरुले समायोजन र समायोजन मिलान भएका कर्मचारीसमेत फिर्ता पठाएको बताए ।

प्रतिकृया दिनुहोस्