RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०८०/४/९ गते
३९७ पटक

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवामा देखिएको समस्या हल गर्न केही हदसम्म सफल भएका छन् ।एक वर्ष लामो प्रयासपछि सशस्त्रमा एक सय ७५ कर्मचारीको दरबन्दी थप भएको हो ।

केही हदसम्म सशस्त्रमा देखिएको बढुवा जामको समस्या समाधान हुने भएको छ । सशस्त्र प्रहरीका कर्मचारीमा उत्साह थपिएको छ । एकै पटक ६ हजार ६ सय ४६ कर्मचारीको बढुवा हुने भएको हो ।

दरबन्दी थप भएसँगै सशस्त्र प्रहरीमा बढुवाको प्रक्रिया सुरु भइसकेको छ । एसएसपी तहसम्मको बढुवाका लागि गत साता नै सूचना प्रकाशन भइसकेको छ । जसअनुसार बढुवाको दौडधुप सुरु भइसकेको छ ।

सशस्त्रमा एसएसपीमा १४, एसपीमा ५८ तथा ९६ जना डिएसपीमा बढुवा हुँदै छन् । त्यस्तै, ६२ जना इन्स्पेक्टरमा, ६० जना वरिष्ठ सई, एक सय ३१ ज्ना सई, ३३ जना असई, ६६ जना वरिष्ठ हवल्दार, एक हजार नौ सय ९२ हवल्दार र तीन हजार नौ सय ३४ जना सहायक हवलदारमा बढुवा हुनेछन् ।

एसएसपी बढुवामा गङ्गाराम श्रेष्ठ, राजेश उप्रेती, विकास घिमिरे, भरत खनिया, धुव्र कार्की, जनक पुरी, रमेश पाण्डे, नेत्र कार्की, तिर्थ पौडेल लगायत एसपी छन् । उनीहरूमध्ये गङ्गाराम सर्लाहीमा जुवा खेलेका कारण कारबाहीमा परेका अधिकृत हुन् । राजेश उप्रेती रुपन्देहीमा हुँदा अत्यधिक बल प्रया्ेगका कारण विवादमा तानिएका थिए । त्यस्तै, सिसं नम्बर ३ का सबै एसपीमा बढुवा हुनेछन् भने सिसं नम्बर ७ र ८ का डिएसपीमा बढुवा हुने भएका छन् । यो बढुवासँगै १६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता अब क्रमशः घट्दै जाने भएको छ ।

प्रतिकृया दिनुहोस्