RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०८०/४/१५ गते
३२५ पटक

काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराईले पाएका छन् ।

यसअघि प्रवक्ता रहेका जितेन्द्र बस्नेत काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि भट्टराईले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

सहसचिव भट्टराई यसअघि यातायात व्यवस्था विभागको महानिर्देशक थिए । गृह मन्त्रालयमा सरुवा गरी उनलाई शान्ति सुरक्षा समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्