RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०८०/४/१५ गते
३३६ पटक

काठमाडौँ । निजामती कर्मचारी विधेयकको माग गर्दै आन्दोलनमा उत्रिएका स्वतन्त्र निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पशुपति पोखरेल र महासचिव मीनबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिंहदरवारको दक्षिण गेटमा धर्ना दिन बसेका उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूलाई अनामनगर प्रहरी वृत्तमा राखिएको छ ।

सङ्गठनले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन जारी गर्नु पर्ने, टिप्पणी पेस गर्नेलाई कारबाही र निर्णय गर्नेलाई उन्मुक्ति दिन नहुने, उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, आधिकारिक ट्रेड युनियनको व्यवस्था गरी निर्वाचन गर्नुपर्ने, सचिव र सहसचिवको सरुवा एक वर्षभन्दा कम समयमा गर्न नहुने, निजामती अस्पताल सुधार गर्नु पर्ने, करार, ज्यालादारी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने लगायतको १० बुँदे माग राखेर आन्दोलन गरिरहेको छ ।

संघीय संसद् सुरु भएको साढे सात महिना हुँदा पनि सरकारले संघीय निजामती विधेयक संसद्‌मा ल्याउन सकेको छैन ।

संसद्‌को अघिल्लो कार्यकालमा सरकारले ल्याएको विधेयक राज्य व्यवस्था समितिले टुङ्ग्याएर सदनमा पेस गरेको थियो । संसद्‌मा रहेको विधेयक सरकारले फिर्ता लगेपछि ल्याउन नसकेको हो ।

प्रतिकृया दिनुहोस्