RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/३ गते
१०५६ पटक

नेपालमा सञ्चार तथा सूचना प्रविधिको विकास तुलनात्मक रूपमा अन्य क्षेत्रको भन्दा छिटो भए पनि अझै कुल जनसंख्यामध्ये २४ प्रतिशत अझै पनि इन्टरनेट सेवाबाट बञ्चित छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको म्यानेजमेन्ट इन्फमेसन सिस्टम (एमआईएस) अनुसार कुल जनसंख्याको ७६.५८ प्रतिशतमा फिक्स्ड तथा मोबाइल ब्रोडव्याण्ड सेवा पुगेको छ । इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड २८ लाख नाघेको छ । वर्तमान सरकारले अगाडि सारेको ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ ले सबै नेपालीलाई इन्टरनेट पहुँचमा पु-याउने लक्ष्य राखे पनि हालसम्म अझै २४ प्रतिशत नेपालीमा कुनै पनि प्रकारको इन्टरनेट पुग्न बाँकी रहेकोले नियामक निकाय तथा सेवा प्रदायकहरूले सेवा विस्तारमा जोड दिन जरुरी देखिएको सरोकारवाला बताउँछन् ।

डिजिटल रूपान्तरणको मार्गदर्शनका लागि आटवटा प्रमुख क्षेत्रहरू र यी अन्तर्गत ८० डिजिटल पहलहरू पहिचान गरिएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने, स्टार्टअप तथा टेलिकम कम्पनीको विकासलाई बढावा दिने लक्ष्य रहेको छ । यसबाट समग्र डिजिटल प्रणालीमा विकास हुन गइ आर्थिक विकास र वित्तीय समावेशीतालाई टेवा पुग्ने विश्वास छ ।

यो लक्ष्य पूरा गर्नका लागि बढीभन्दा बढी नेपालीमा इन्टरनेट पहुँच पुग्न जरुरी छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले सरकारले अगाडि सारेको लक्ष्यमा प्राधिकरणले अधिकतम मेहनतका साथ कार्यक्रमहरू ल्याएर र सोहीबमोजिम नियमनका कामहरू भएको बताए । उनका अनुसार अप्टिकल फाइबर विस्तार, नेटवर्क कनेक्टिभिटी, फोरजी सेवा विस्तारदेखी दुर्गम क्षेत्रसम्म इन्टरनेट विस्तार डिजिटल फ्रेमवर्कलाई सघाउ पु-याउने कार्यक्रम हुन् ।

चालू अवस्थामा फोरजी नेटवर्क विस्तारमा जोड दिइरहेका बेला डिजिटल नेपाल अवधारणाले फाइभ जी नेटवर्क प्रयोगमा ल्याई अधिकतम फाइदा लिने लक्ष्य लिएको छ । फाइभ जी सेवा विस्तारका लागि सरकारले हालसम्म कुनै पनि प्रकारको प्रक्रिया अगाडि बढाएको छैन । चालू अवस्थामा रहेको फोरजी सेवा विस्तार सेवा प्रदायक कम्पनीहरूले जोड दिएका छन् ।

विश्व बैंकको अध्ययनअनुसार इन्टरनेट लगानीमा हुने प्रत्येक १० प्रतिशतको वृद्धिले १.३ प्रतिशत आर्थिक वृद्धि ल्याउने देखाएको छ । आम जनसमुदायसम्म इन्टनेटको प्रयोग पुगेपछि यसको प्रभावबाट थप आर्थिक वृद्धि हुनेछ । दूरसञ्चार क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा दिने योगदान के कस्तो छ भन्ने विषयमा भने हालसम्म अध्ययन भएको छैन ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको समग्र विकासका लागि अन्य विकसित र छिमेकी राष्टहरूको सबै मोवाइल इन्टरनेटको तिव्र प्रयोगले नेपालको डिजिटल कनेक्टिभिटीमा अत्याधिक सुधार आएको छ ।

सरकारले प्रभावकारी डिजिटल कनेक्टिभीटी सुधारका लागि प्रत्येक नागरिकको इन्टरनेट पहुँच हुनेगरी इन्टरनेट विस्तार गर्ने डिटिल फ्रेमवर्कले लक्ष्य लिएको छ ।

इन्टरनेट सेवाको गुणस्तर बढाउन सेवा प्रदायकहरूका लागि स्पेक्ट्रम उपलव्धताको स्तरमा सुधार गर्ने लक्ष्य पनि फ्रेमवर्कले लिएको छ । देशभर अप्टिकल फाइबर नेटवर्क विस्तार स्थापना गर्ने र देशव्यापी रूपमा फोरजी सेवाको विस्तार गर्ने लगायतका कार्यक्रम डिजिटल फ्रेमवर्क लगायतका कार्यक्रम छन् । कारोबार दैनिकबाट ………………

प्रतिकृया दिनुहोस्