RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/१६ गते
१२४७ पटक

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको मिडिया सम्मेलन तथा प्रथम साधारण सभा रुकुमको चौरजहारीमा हुदै छ । महासंघको निर्णय अनुसार कार्यक्रमको तयारी थालिएको महासंघका महासचिव दिपेन्द्र शर्माले बताउनु भयो ।

तयारी पूर्व रुकुम पश्चिमका ६ स्थानीय तहका जनप्रतिनिधि र महासंघका पदाधिकारीबीच विभिन्न चरणमा छलफल भइ सकेको छ ।

छलफलमा कार्यक्रमको तयारी माघको अन्तिम सातासम्म सकिने नगर प्रमुख शर्माले जानकारी दिए । मिडिया सम्मेलनमा कर्णालीको मिडिया समस्या, संभावना र चुनौती, पत्रकार आचार संहिता, पत्रकारको भूमिका, रुकुमको समग्र विकास तथा चौरजहारी नगरपालिकाको विकास सम्बन्धि अवधारणा लगायत कार्यपत्र प्रस्तुत गरिने पत्रकार महासंघका कर्णाली प्रदेशले जानकारी दिएको छ

मिडिया सम्मेलन फागुन ३ गते बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका तय गरिएको छ । मिडिया सम्मेलनपछि स्थानीय बाजागाजा र झाँकी प्रदर्शन सहित दिउँसो १ बजे पत्रकार महासंघको साधारण सभा सुरु हुने कार्यतालि माहासघले बनाएको छ ।

मिडिया सम्मेलन तथा साधारण सभाले कर्णालीको मिडिया विकास सम्बन्धि नयाँ निचोड निकाल्दै चौरजहारी घोषणा पत्र समेत जारी गर्ने छ । कार्यक्रममा २ सय ५० देखि ३ सयसम्म कर्णाली प्रदेशका पत्रकार महासंघमा आबद्ध पत्रकारहरु सहभागी हुनेछन् ।

त्यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य,पत्रकारसंग सम्बन्धित पेशागत संगठनका प्रतिनिधि,प्रेस काउन्सील नेपालका प्रतिनिधि,कर्णाली प्रदेशभित्रका अगुवा पत्रकारहरु समेत सहभागी हुने माहासघले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्