RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२८ गते
१३५५ पटक

काठमाडौ, माघ २७ गते । सोमबार ललितपुरको सानेपामा पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा उहाँकै निवासका कामदार दाङ स्थायी घर भएका विजय चौधरीको संम्लग्नता देखिएको छ ।

विजय छ बर्षदेखि सोही घरमा काम गर्दै थिए तर सोमबार किन एक्कासि मालिक्नीको हत्या गरेर आत्महत्या गरे त्यसको पछाडि प्रहरीले लागेको छ ।

अनुशन्धानमा खटिएका डिएसपी सन्तोष तामाङले विजय चौधरी र मुना कार्कीबीच सुमधुर सम्बन्ध रहे पनि सोमबार के कारणले हत्या गर्याे भनेर खोजीमा लागेको बताउनुभयो । मुनाको हत्यापछि विजय आफैले आत्महत्या गरेसँगै के कारणले मुनाको हत्या भएको हो त्यसको अनुशन्धानमा प्रहरी जुटेको छ ।

२०७५ भदौ ४ गते फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झाको हत्यामा उनकै घरमा कामदार सानुकान्छा तामाङको संम्लग्नता देखियो । २०७४ साउन १२ गते काठमाडौं जिल्ला बुढानिलकण्ठ नपामा छोरीको घरमा आउनुभएकी ५५ बर्षिया पार्वती ढकालको हत्या समेत एक साता उनीहरुको घरमा घरेलु कामदारको रुपमा रहेका सुदामा लामिछानेले गरेका थिए । घरमा रहेको सुन र पैसा लिन लामिछानेले पार्वती ढकाललाई हम्बरले टाउकोमा हानेर हत्या भएको थियो ।

पूर्व राजदुत झा ,पूर्वसचिव कार्कीको पत्नी मुना र पार्वती ढकाल मात्रै हैनन् पछिल्लो समय विशिष्ट व्यक्तिहरू र उनीहरुकै घरमा काम गर्ने कामदारबीचको सम्बन्धमा सन्तुलन बिग्रन थालेको उदाहरण सार्वजनिक भएका छन् ।
महानगरीय अपराध महाशाखा टेकूका प्रमु्ख एसएसपी सहकुल थापाले घरेलु कामदारसँगको विवाद पछिल्लो समय बढ्दोक्रममा रहेको बताउनुहुन्छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ

प्रतिकृया दिनुहोस्