RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२४ गते
६६२ पटक

मोरङ  –  अवैध रूपमा नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। विराटनगरको एकीकृत जाँच चौकीमा गाडी चेक गर्ने क्रममा प्रहरीले भारतीय रुपैयाँ बरामद गरेको हो।

भारतबाट नेपाल आएको खाली ट्रकलाई मंगलबार एकीकृत जाँच चौकीमा सशस्त्र प्रहरी बलले जाँच गर्ने क्रममा १ करोड ९ लाख ८९ हजार ५ सय ३० भारतीय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

‘प्रहरीले एकीकृत जाँच चौकीमा ट्रक जाँच गर्ने क्रममा ठूलो परिमाणको भारतीय रुपैयाँ बरमाद गरेको हो,’ सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी नगेन्द्र थापाले भने, ‘रुपैयाँसँग ट्रक चालकसहित २ जना मान्छे पक्राउ परेको र कहाँबाट ल्याएको कसका लागि ल्याइएको अहिले थाहा छैन। घटनाको थप अनुसन्धानपछि मात्र भन्न सकिन्छ।’    नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्