RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१०/२५ गते
११०३ पटक

फोटो पत्रकार क्लवको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधि नभेष चित्रकारले जितेका छन् ।

चित्रकारले हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षिय बालक बजरंगी मिश्रले आफ्नो आमालाइ मृत्यु पहिले हात हल्लाउँदै गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर घोषित भएको छ । चित्रकारले आइएमई–ग्लोबल–आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७६ को उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएका छन् ।

यसैगरी सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो भने सेलपे डेली लाइफ विधामा गोपेन राईले बाजी मारे । त्यस्तै दिपेन श्रेष्ठले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा वाइल्ड लाइफमा नभेष चित्रकारले तथा सिटी एक्सप्रेस कल्चर एन्ड टुरिजममा सुबिर थापाले बाजी मारे । त्यस्तै डिसहोम स्पोर्टस विधाको उपाधि विकास द्वारेले जिते भने नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भयो । newsof nepali.com

प्रतिकृया दिनुहोस्